बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वातावरण मैत्री सवारीमा ग्लोबल आइएमई बैंकको विशेष छुट

बुधबार, जेष्ठ २२ २०७६

काठमाडौं जेठ, २२–
ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । 
बैंकका का.मु. कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनको खरिदमा वार्षिक नौ दसमलव छ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध गराउने बताएकाछन ।
उनले विकास र वातावरणबीच सन्तुलन हुनसके मात्र हामीले हासिल गर्ने उन्नति दिगो र मानव उपयोगी हुने हुदाँ बैंकले यस किसिमको वातावरणमैत्री योजना ल्याएको बताए । 
बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त समाज र वातावरण प्रति आफनो दायित्व निर्भाह गर्ने उद्देश्यले यस्ता विभिन्न खाले योजनाहरु ल्याउने गरेको छ ।