काठमाडौं जेठ, २१–
साताको तेस्रो कारोवार दिन आज पनि नेप्से घटेको छ । आज नेप्से तीन दशमलव ५६ अंकले घटेर १२ सय ८९ दशमलव २८ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दशमलव ६२ अंकले घटेर दुुई सय ७४ दशमलव ८५ अंकमा झरेको छ । आज एक सय ७२ कम्पनीहरुको नौ हजार नौ सय ३९ वटा कारोबारमा २२ लाख ५२ हजार पाँच सय ४६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७१ करोड ५४ लाख ७८ हजार छ सय १२ रुपैयाँ पुुगेको छ ।
आज १२ वटा समुहको कारोबार भएकोमा आठ वटा समुहले गुमाएकाछन् भने चार वटा समुहले कमाएकाछन् । जसमध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक दुुई दशमलव ८७ अंकले घटेर ११ सय ४८ दशमलव ९५ अंकमा झर्दा जलविद्युुत समुहको सुचक पनि सात दशमलव ७९ अंकले घटेर १२ सय २५ दशमलव ८८ अंकमा झरेको छ । निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् । विकास बैंक, फाईनान्स, होटल र उत्पादनमुुलक समुहको सुचक भने बढेकाछन् ।
कमाउने कम्पनीहरुको सुचीमा तारागाउँ रेजिडेन्सी होटल, ग्लोबल आईएमई लघुबित्त बित्तीय संस्था आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी, मल्टीपर्पोस फाईनान्स आदि परेकाछन् । यसैगरी रकम कारोबारका आधारमा भने शिवम सिमेन्ट, प्रभुु बैैक आदि परेकाछन् ।