काठमाडौं जेठ, २१–
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयताको मर्मअनुसार बजेट नआएको बताएका छन् । मंगलबार संसदमा बजेटबारेको छलफलमा भाग लिदैँ नेता महतोले संघीयता विरोध बजेट आएको बताएका हुन् ।
उनले भने, ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’
नेता महतोले आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको प्रष्ट पारे ।
विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘
महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । उनले भने, दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’
सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।
‘संसदहरु चुनावमा जाँदा धर्मसाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ । सांसद भएपनि माग्दो रहेछ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो । समानुपातिकमा लैजाउँ न ।’