शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाटि कार्यालय विस्तारका लागी कांग्रेसद्धारा १९ आना जग्गा खरिद गर्ने निर्णय

शुक्रबार, असार १३ २०८२

काठमाडौं । नेपाली कांग्रेसले सानेपामा रहेको पाटि कार्यालय विस्तारका लागी १९ आना जग्गा खरिद गर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।