काठमाडौं । निर्वाचन आयागले मतदाता नामावलीमा दर्ता छुट भएका व्यक्तिहरुले दर्ता गराउन आह्वान गरेको छ ।
निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा, स्थानिय तह तथा आगामी फागुन २० गते रिक्त हुने राष्ट्रियसभाको १८ स्थान निर्वाचन गर्ने तयारी सुरु गरेको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएको भन्दै नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गर्न आह्वान गरेका हुन् ।
प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ । त्यस्तै, स्थानीय तहमा १३ वटा पद रिक्त छ ।