शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपाको महामन्त्री कायम गराउन डा. ढकाल सर्वोच्चमा

न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी

बिहिबार, असार १२ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटिको महामन्त्री पद कायम गराउन डा. मुकुल ढकाल सर्वोच्च अदालत पुगको छन् ।

रास्वपाबाट निस्कासित ढकालले रास्वपाको महामन्त्री पदमा काम गर्न र पद कायम गराउन भन्दै सर्वोच्च पुगेका हुन् ।

रास्वपाबाट निस्कासित ढकालको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

रिट निवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।