बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सोलुखुम्बु चौकी आक्रमणः तीन सुरक्षा प्रमुखद्वारा गृहमन्त्रीलाई ब्रिफिङ

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं जेठ, २०–
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकी आक्रमण प्रयास गरेको बिषयमा छलफल गर्न गृह मन्त्रालयमा आकस्मिक बैठक सकिएको छ । उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् । गृहमन्त्री थापाले आइतबार रातिको सोलुखुम्बु घटनाबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका हुन् । प्रहरी स्रोतका अनुसार तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवले आक्रमणको प्रयास गरे पनि असफल भएको गृहमन्त्रीसँग ब्रिफिङ गरे्का थिए । गृहमन्त्रीसँगको सुरक्षा प्रमुखहरुसँग छलफल लगत्तै सोलुखुम्बुको उक्त स्थानमा थप प्रहरी परिचालन गरिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्लामा विप्लवको गतिबिधि बढेकोले थप सुरक्षा सतर्कता अपनाइएको बताए । आइतबार मध्यराति करिब २५÷३० जनाको संख्यामा पुगेका विप्लवका कार्यकर्ता चौकी खाली देखिपछि फर्किएको बतार्यएको छ ।