काठमाडौं जेठ, २०–
प्रभु बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहजरुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ म लमही शाखा गरी जेठ २० गते सोमबार एक दिन दुुई वटा शाखा खोलेको छ ।
काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले एक समारोहका विच समुद्घाटन गरेका हुुन । त्यसैगरी दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर के.सी.े एक समारोहकाविच समुद्घाटन गरेका हुुन ।

आजैदेखि सञ्चालनमा आएका दुवै शाखा कार्यालयहरु उद्घाटन कार्यक्रममा दुवै प्रमुख अतिथीहरुले उद्घाटन मन्तव्य राख्दै बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दे स्थानीयतहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको बताउनु भयो । बैंकको शाखा सञ्जाल विस्तारबाट बैंकिङ्ग पहुँच भन्दा टाढा रहेका सेवाग्राहीहरु बैंकिङ्ग पहुंचभित्र आउनुका साथै सम्बन्धित क्षेत्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने हुनाले बैंकको गुणस्तरीय सेवा उपभोग गर्ने अवसर नगुमाउन उपस्थित सर्वसाधारणहरुलाई आग्रह समेत गरेकाछन् ।
बंैकले हालसम्म एक सय ८२ वटा शाखा, एक सय ४६ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आएको छ । आजदेखि सञ्चालनमा आएका बैंकका बल्खु शाखा र लमही शाखा कार्यालयको स्थापना तथा सञ्चालनबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।