बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्वास्थ्यमा समस्या आएपछि प्रदेश ३ का मुख्यमन्त्री पौडेल अस्पताल भर्ना

सोमबार, जेष्ठ २० २०७६

काठमाडौं जेठ, २०– स्वास्थ्यमा समस्या देखिएपछि  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । मुख्यमन्त्री पौडल मुटुमा समस्या देखिएपछि  आइतबार काठमाडौँको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन् । उनकोे सचिवालयले जनाए अनुसार नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार अस्पताल गएका पौडेल चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएका हुन् ।  

 चिकित्सकले आइतबार स्वास्थ्य परीक्षणपछि पौडेललाई १ हप्ता आराम गर्न  गर्न भनेको उनका  प्रेस संयोजक प्रकाश दाहालले बताए । 

पौडेल उच्च रक्तचाप तथा मधुमेहबाट पनि पीडित छन् । उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो । मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि यही जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठक प्रभावित हुने भएको छ ।