काठमाडौं जेठ, १९–
भोलि सोमबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि अपरान्ह तीन बजेसम्म उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
यही जेठ २१ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । राष्ट्र बैंकका अनुुसार बिक्री गरिने कुुल ट्रेजरी मध्ये ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँको रहेको । सो मध्ये २८ दिने ट्रेजरीको परिपक्व हुुने मिती बिसं २०७६ भदौ १७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुुने अवधि बिसं २०७७ साल जेठ २० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।