काठमाडौं जेठ, १९–
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हष्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स) बिच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिने सम्वन्धी सम्झौतामा बैंकले हस्ताक्षर गरेका हुुन् ।
सम्झौतानुसार ह्याम्सले नेपाल इन्भेष्टमेण्ट बैंकका भिसा, मास्टर कार्ड ग्राहक, कर्मचारी तथा तीनका आफन्तलाई ह्याम्समा माउपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउनेछन । सम्झौतापत्रमा नेपाल इन्भेष्टमेण्ट बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे ह्याम्सकातर्फबाट अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेकाहुन । हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय एक सय १२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।
बैक अफ दि एयर पाँच पटक प्राप्त गरिसकेको एनआईबिएले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट गतवर्ष युरोमनी अवार्ड फर एक्सीलेन्स बेष्ट बैंक २०१८ अवार्ड प्राप्त गर्न सफल भएको थियो र इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङ्गमा एक प्लस स्तर हासिल गरिसकेको छ ।