काठमाडौं जेठ, १६–
सिटिजन लाइफ इन्स्योरेन्सले जीवन सारथी योजनाअन्तर्गत मृत्यु दाबी भुक्तानी वापत मंगलबार तीन लाख रुपैंया रकम भुक्तानी गरेको छ । बर्दिबास, महोत्तरीमा एक कार्यक्रम गरी सिटिजन लाइफ बर्दिबासका शाखा प्रमुखले स्वर्गिय श्रिचन महतोको श्रीमती जानकी महतोलाई उक्त रकम एकमुष्ठ भुक्तानी गरेका हुुन ।
ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ । जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् । नेपालभर फैलिएका ग्राहकहरुलाई सेवा प्रदान गर्ने क्रममा सिटिजन लाईफलले नेपाको ७३ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ । साथै कम्पनीले हाल सालै सिटिजन वार्षिक अग्रिम भुक्तानी बीमा योजना समेत सञ्चालनमा ल्याएको छ ।