शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रतिनिधिसभा बैठक स्थगित, पाँच दलसँग छलफलमा सभामुख

मंगलबार, असार ३ २०८२

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूले पुनः नाराबाजी गरेका छन् । बैठक सुरु भएलगत्तै रास्वपाकी सांसद चन्दा कार्कीलाई बोल्ने समय दिइयो ।

उनले भिजिट भिसा प्रकरणमा सरकारको मौनताप्रति प्रश्न उठाउँदै २०६४ सालदेखिको गम्भीर विकृतिलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरिन् ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्ने समय दिए । उनले बोलेपछि सभामुखले बैठक आधा घण्टापछि पुनः बस्नेगरी स्थगित गरिएको जानकारी गराए ।

यसैबिच रास्वपाको अवरोधको बिषयलाई लिएर सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख पाँच दलसँग छलफल गरेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।