शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

संसद्मा निलो रिबनमा देखिए रास्वपाका सांसद्

मंगलबार, असार ३ २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद्हरु निलो रिबनमा संसद्मा देखिएका छन् । मानव तस्करी विरुद्धको अभियानको समर्थनमा निलो रिबन लगाएर रास्वपाका सांसद् संसद् भवनमा देखिएका हुन्।

रास्वपाको अनुसार निलो रिबन मानव तस्करी विरुद्धको विश्वव्यापी प्रतीक हो।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले मानव तस्करी विरुद्ध संसदमा नाराबाजी र सभामुखको आसनअघि पलेँटी कसेर लगातार विरोध गरेका थिए ।