बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु बैंकको नयाँ शाखा कार्यालय कञ्चनपुरको पुर्नवासमा

बिहिबार, जेष्ठ १६ २०७६

काठमाडौं जेठ, १६–
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ आज बुुधबारबाट  कञ्चनपुर जिल्लापुनर्वास न.पा. वडा नं.३ स्थित पुनर्वासमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको पुनर्वास न.पा.कानगर प्रमुख  जीवनराज थापाले उद्घाटन गरेका हुुन् । 
शाखा कार्यालय उद्घाटन कार्यक्रममा कञ्चनपुर जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कञ्चनपुरका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी पुनर्वास न.पा.कानगर प्रमुख  जीवनराज थापाले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस पुनर्वास शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहजरुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए । 
यो शाखा समेत गरी बैकले  एक सय ७९ वटा शाखा, एक सय ४५ वटा एटिएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवाप्रदान गर्दैै आएको छ । आजदेखि सञ्चालनमा आएको बैंकको पुनर्वास शाखाकार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् बैैकले जानकारी दिएको छ ।