शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

प्रमुख तीन दलबिच संसद्को अवरोध हटाउने सहमति, रास्वपाको अडान कायमै

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं । भिजिट भिसा प्रकरणपछि निरन्तर अवरोध हुँदै आएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि प्रमुख तीन दलबिच सहमति भएको छ । प्रतिनिधि सभाको सत्तारूढ नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) बीच २ बुँदे सहमतिमा हस्ताक्षर भएको हो।

कांग्रेस (एमाले) र माओवादीबीच बिहीबार नै यो दुई बुँदामा सहमति बने पनि हस्ताक्षर भएको थिएन।

रास्वपाले आफूहरूलाई समय दिन माग गरेको थियो। रास्वपाले भने उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ ।