बाँणिज्य बैंकहरुको नाफा आधा खर्ब नजिक
काठमाडौ । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले चालु आर्थिक बर्षको पछिल्लो १० महिनाको अवधिमा झण्डै आधा खर्ब रुपैंयाँ खुद मुनाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको बैशाख मसान्तसम्ममा बाँणिज्य बैंकहरुले कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका हुन ।
बाँणिज्य बैंकहरु मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । नबिल बैंकले चालु आवको बैशाख मसान्तसम्ममा पाँच अर्ब ६० करोड खुद मुनाफा कमाएको छ । यसैगरी ग्लोबल आईएमई बैंकले पाँच अर्ब ३५ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पाँच अर्ब दुई करोड, कुमारी बैंकले ४८ करोड १९ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ । हिमालयन बैंकले ६८ करोड ३४ लाख रुपैंयाँ खुद मुनाफा कमाउँदा एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल बैंक तीन अर्ब २८ करोड रुपैंयाँ खुद मुनाफा कमाउँदा चालु आवको १० महिनामा एभरेष्ट बैंक तीन अर्ब ९० करोड रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसैगरी एनएमबी बैंकले दुई अर्ब ६२ करोड, माछापुच्छ्रे बैंक एक अर्ब ३१ करोड, लक्ष्मी सनराइज बैंक दुई अर्ब १५ करोड। सानिमा बैंक एक अर्ब ८७ करोड, सिद्धार्थ बैंक दुई अर्ब एक करोड, नेपाल एसबीआई बैंक एक अर्ब ३८ करोड, स्ट्याण्र्डड चार्टर्ड बैंक दुई अर्ब ३४ करोड, प्राइम कर्मसियल बैंक दुई अर्ब ५८ करोड, प्रभु कर्मसियल बैंक दुई अर्ब रुपैंयाँ खुद मुनाफा कमाएको छ । यसबाहेक सिटिजन्स बैंक एक अर्ब ८१ करोड, राष्ट्रिय वाणिज्य बैंक एक अर्ब ७७ करोड र कृषि विकास बैंकले एक अर्ब ७३ करोड रुपैंयाँ खुद मुनाफा कमाएको राष्ट्र बैंकले जानकारी दिएको छ ।