बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सुचक तथा कारोबार रकम दुुबै बढे, कमाउने र गुमाउने समुह लगभग उस्तै

मंगलबार, जेष्ठ १४ २०७६

काठमाडौं जेठ, १४–
साताको तेस्रो कारोबार दिन आज  नेप्से सुचक र कारोबार रकम दुुबै नै बढेकाछन् । नेप्से दुुई दशमलव ५३ अंकले बढेर १३ सय पाँच दशमलव ४९ अंकमा चढ्दा सेन्सिटिभ पनि शुन्य दशमलव दुुई अंकले बढेर दुुई सय ७७ दशमलव ८१ अंकमा चढेको छ । आज एक सय ६४ कम्पनीहरुको नौ हजार एक सय ४८ वटा कारोवारमा २४ लाख १२ हजार नौ सय ६२ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम ७५ करोड ६८ लाख ९१ हजार छ सय १३ रुपैयाँ पुगेको छ ।  
आज ११ वटा समुहको कारोबार हुँदा छ वटा समुहले कमाएकाछन् भने पाँच वटाले गुमाएकाछन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुुहको सुचक एक दशमलव ७९ अंकले बढेर ११ सय ५८ दशमलव ६४ अंकमा चढ्दा बिकास बैंक समुहको सुचक पनि १७ दशमलव ७६ अंकले बढेर १६ सय चार दशमलव ६० अंकमा चढेको छ । जलबिद्युुत, फाईनान्स, उत्पादनमुुलक र  सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् । निर्जिवन बीमा, जीवन बीमा, होटल, अन्य र लघुुबित्त समुहको सुचक भने घटेकाछन् । 
कमाउने कम्पनीहरुको सुचीमा ज्योति विकास बैंक, रिलायन्स फाईनान्स आदि परेकाछन् भने गुुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी, जोशी हाईड्रो पावार कम्पनी आदि परेकाछन् । रकम कारोबार भएका आधारमा भने आज शिवम सिमेन्ट, प्रभुु बैक लगायतका कम्पनीहरु परेकाछन् ।