बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–१८ कारकादो घर भएका ४७ वर्षीय गणेश प्रसाद शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाबाट गत वैशाख २८ गते उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनी झापा पठाइएको छ ।