काठमाडौं जेठ, १४–
नेपाल धितोपत्र बोर्डले यही जेठ १२ गते प्रदेश नं ५ रुकुम (पूर्व) को सदरमुकाम रुकुमकोटमा सेयर बजार तथा बस्तुु बिनिमय बजार सम्वन्धी अन्र्तक्रिया कार्यक्रम गरेको छ । बोर्ड तथा रुकुम (पूर्व) उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा पूँजीबजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय उद्योगी, व्यापारी, विद्यार्थी, लगानीकर्ता, सरकारी निकायका पदाधिकारी, व्यवसायी, पत्रकार तथा सर्वसाधारणको गरी करिव एक सय ५५ जनाकोे सहभागिता रहेको उक्त कार्यक्रममा बोर्डका निर्देशक अम्बिका प्रसाद गिरीले वित्तीय तथा पूँजीबजारको महत्व, पूँजीबजार संयन्त्र, कानूनी संरचना, धितोपत्रको प्राथमिक तथा दोस्रो बजार, धितोपत्र व्यवसाय, लगानीकर्ता हकहित संरक्षण तथा वस्तु विनिमय बजारको परिचय र महत्व सम्बन्धी विषयहरु समेटि पूँजीबजारका परिचयात्मक तथा आधारभूत पक्ष विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रुकुम (पूर्व)ू उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लकोे सभापतित्वको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधी सभा कमला रोकाले भर्खरै छुट्टै जिल्लाकोरुपमा स्थापित भएको हिमाली दुर्गम जिल्लालाई बोर्डले विशेष महत्व दिई पहिलो पटक यस्तो सचेतना कार्यक्रम संचालन गरेकोमा बोर्डलाई धन्यबाद दिदै जिल्लामा प्राथमिक बजारको पहुँच पुगेको बताउदै दोस्रो बजार विस्तारमा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले पूँजीबजारको महत्वलाई प्रकाश पार्दै यसको विकासले देश विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै राजनीतिक स्थिरता भएसँगै अबको प्राथमिकता आर्थिक विकास भएकोले सोको लागि आवश्यक पूँजी प्रवाह गर्ने माध्यमकोरुपमा पूँजीबजारको विशेष भूमिका रहने बताए । त्यसैगरी जिल्ला समन्वय समितिका सभापति गजेन्द्र बहादुर ओली र निमित्त प्रमुख जिल्ला अधिकारी श्रवण कुमार शाहले समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले प्राथमिकतथा दोस्रो बजार प्रवेश गर्ने माध्यम तथा तरिका, जलविद्युतको प्राथमिक निष्काशन आदि विषयमा जिज्ञासा राख्दै स्थानीयलाई सेयर खरिद गर्न बढी प्राथमिकता दिई यस क्षेत्रका लगानीकर्ताहरुलाई समेत पूँजीबजारबाट फाइदा लिन सक्ने व्यवस्था गरिनुपर्ने, गाउँगाउँमा पूँजीबजार तथा वित्तीय साक्षरता अभियान संचालन गर्नुपर्ने सुझाव दिए । सहभागीबाट राखिएको जिज्ञासाहरुको संवोधन कार्यपत्र प्रस्तोता तथा बोर्ड अध्यक्षले दिएका थिए ।
कार्यक्रम समापन मन्तव्य दिदै कार्यक्रमका सभापति यज्ञ प्रकाश मल्लले यस्तो कार्यक्रमले आफूहरु लाभान्वित भएको बताउँदै दोस्रो बजार कारोवारको लागि धितोपत्र दलाल व्यवसायीको कार्यालय पनि यस क्षेत्रमा स्थापना गर्नुपर्ने बताए । उक्त कार्यक्रमको संचालन बोर्डका का.मु. सहायक निर्देशक राजु बहादुर जि.सी.ले गरेका थिए ।