बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१९ बिमा कम्पनीले पुर्याएनन् पुँजी, कार्बाहीको साटो बचाउमा बिमा समिति

मंगलबार, जेष्ठ १४ २०७६

 काठमाडौं जेठ, १४–
बिमा समितिले दुई वर्ष अघि दिएको निर्देशन बमोजिम १९ वटा बिमा कम्पनीले चुक्ता पुँजी पुर्याएका छैनन् ।  नियामक निकाय बिमा समिति यस्ता कम्पनीलाई कार्बाही गर्ने भन्दा पनि बचाउन गर्ने योजनामा छ  ।

समितिको निर्देशन बमोजिम जिवन बिमा कम्पनीले २ अर्ब र निर्जिवन बिमा कम्पनीले १ अर्ब पुर्याउनु पर्छ । ३९ वटा  बिमा कम्पनी भएपनि पुँजी वृद्धिको निर्देशन भने पुराना २६ वटा कम्पनीमा मात्रै लागु हुन्छ । जसमध्ये ७ वटा कम्पनीले मात्रै पुँजी पुर्याएका छन् ।

 २ वर्ष अघि समितिले विमकको दर्ता र व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ जारी गर्दै आर्थिक बर्ष २०७४/७५ को अन्त्य सम्ममा पुँजी पुर्याउँन निर्देशन दिएको थियो ।

बिमा समितिले २०७५ को असारसम्ममा धेरैजसो कम्पनीले चुक्ता पुँजी पु¥याउन नसकेपछि समितिले दुई पटकसम्म म्याद थप गर्याे । जसको म्याद पनि यही असारमा सकिदैछ । तर म्याद गुज्रन १ महिना मात्रै बाँकि रहदासम्ममा जम्मा ७ वटा कम्पनीले मात्रै पुँजी पुर्याएको बिमा समितिले जनाएको छ ।

 पुँजी पुर्याउने म्याद १ महिना मात्रै बाँकि रहदा बिमा समिति पनि १० वटा भन्दा बढि बिमा कम्पनीले पुँजी पुर्याउन नसक्ने निष्कर्षमा पुगेको छ । पुँजी नपुर्याउनेको हकमा के गर्ने भन्ने बारेमा समितिसँग अहिले स्पष्ट योजना नै छैन । समितिका अध्यक्ष चिरञ्जीबी चापागाई भन्छन् ‘ पुँजी नपुर्याउने हकमा के हुन्छ भन्ने बारेमा अहिले नै केहि भन्न सक्ने स्थिती छैन, बोर्डले पछि जे निर्णय गर्छ त्यही हुन्छ । ’

समितिका अनुसार जिवन  बिमा तर्फका नेपाल लाइफ र नेशनल लाइफले मात्र पुँजी पुर्याएका छन् । एलआइसि र प्राइम लाइफले बोनस सेयर मार्फत पुँजी पुर्याउने प्रक्रियामा छन्  । राष्ट्रिय बीमा संस्थान, गुरास, सुर्या एसियन लाइफले यो असार भित्र पुँजी पु¥याउन नसक्ने अवस्थामा छन् ।

 त्यस्तै निर्जिवन तर्फ भने नेपाल इन्सुरेन्स, नेको, प्रभु, हिमालयन जनरल र सिखर इन्सुरेन्सले पुँजी पुर्याइसकेका छन् । सगरमाथा, आइएमई र सिद्धार्थ इन्सुरेन्सले बोनस सेयर मार्फत  पुँजी पु¥याउन लागेका छन्  । यि बाहेक ७ वटा कम्पनीले के कसरी पुँजी पुर्याउने त भनेर  समितिलाई कुनै जानकारी  दिएका छैनन् ।

 गत वर्ष देखि लागू गरिएको नेपाल फाईनान्स रिपोटिङ्ग स्याटयाण्डर्ड अर्थात एनएफआरएसले गर्दा यो वर्ष  बिमा कम्पनीहरुले दायित्व पर्याप्तता परिक्षण गर्नुपर्ने भयो । एक्चुयरी अर्थात बिमाङ्कीहरु नेपालमा नभएकाले बिदेशी कम्पनीहरुबाट गराउन पर्ने  भएका कारण पुँजी बृद्धि  ढिलाई भएको यस्तो परिक्षण केहिको अझै पुरा भएको छैन । जसका कारण पुँजी बृद्धि ढिलाई भएको बिमा कम्पनीहरुको भनाई छ ।
पुँजी बृद्धिको निर्देशन पालना नगरेका कम्पनीहरुलाई बिमा समितिले मर्जरको बाटो खुला गर्न लागेको छ । जसका लागि हालैमात्रै मर्जर नीति संसोधन गरि समितिले मर्जरमा जाने कम्पनीलाई छुट दिने व्यवस्था गरेको छ ।