काठमाडौँ । नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौमा आयोजित साधारणसभाबाट हरिराम बोगटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमति चयन भएको छ। कार्यसमितिको पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा दलिकुमार विशुङ्खे र लक्ष्मण मंग्राती, महासचिवमा बिधान बोगटी, सचिवमा कुमार मंग्राती, सह(सचिवमा सानुबाबू बोगटी र कोषाध्यक्षमा परमेश विशुङ्खे चयन भएका हुन्।
साधारणसभाबाट निर्वाचित भए पश्चात् संघका अध्यक्ष बोगटीले छाला जुत्ता उद्योगको संस्थागत विस्तार र उद्यमीहरुको हितमा सक्रिय र प्रभावकारी भूमकिा खेल्ने प्रतिबद्धता जनाएका छन् । परम्परागत नेपाली छाला जुत्ता उद्योगको बजार विस्तार, गुणस्तर सुधार र नवीन प्रवधिको उपयोगमा गरेर जान पर्नेमा जोड दिदै झन्डै ८०५ नेपाली जुत्ता बजार स्वदेशी उत्पादनले धान्न सफल भएको भन्दै स्वदेशी उत्पादनको शतप्रतिशत आत्मनिर्भर बनाउन लागी पर्ने प्रतिबद्धता जनाएका हुन् । गत शनिबार काठमाडौ आयोजना भएको उक्त कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, काठमाडौ उद्योग तथा वाणज्यि कार्यालय प्रमुख, समितिका सल्लाहकार, संघमा आवद्ध उधेमी,पेशागत व्यवसायीहरू लगायत सरोकारवालाहरुको कार्यक्रममा सहभागीता रहेको थियो।