शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२९ वर्षमै निकोलस पूरनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । वेस्ट इन्डिजका विस्फोटक ब्याटर निकोलस पूरनले २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अब उनले विभिन्न फ्रेन्चाइज लिगहरू मात्र खेल्नेछन् ।

विश्व क्रिकेटमा आक्रमण ब्याटिरका रुपमा परिचित पूरनले वेस्ट इन्डिजका लागि ६१ ओडिआई र १०६ टी–२०आई खेल खेलेका छन् ।

उनले ओडिआईमा ६१ खेलमा ३ शतक र ११ अर्धशतकसहित १९८३ रन बनाएका छन्। त्यस्तै टी–२०आईमा १०६ खेलमा १३ अर्धशतकसहित २२७५ रन बनाएका हुन् ।

क्रिकेट वेस्ट इन्डिजले पूरनप्रति सम्मान व्यक्त गर्दै भनेको छ, ‘हामी उनका उपलब्धिहरूलाई सम्मान गर्छौं र उनले दर्शकहरूलाई दिएका रमाइला क्षणहरूका लागि धन्यवाद दिन्छौं। भविष्यका लागि शुभकामना।’

पूरनले वेस्ट इन्डिजका लागि अन्तिम टी२० खेल सन् २०२४ डिसेम्बरमा बंगलादेशविरुद्ध खेलेका थिए ।