बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेल्ने २० जना पक्राउ

आइतबार, जेष्ठ १२ २०७६

काठमाडौं जेठ, १२–
काठमाडौं महानगरपालिका १५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका ४ घर भएका ४६ वर्षीय आनन्द पौडेल लगायत १० जनालाई नगद ४० हजार २ सय ४५ रुपैयाँ र ३ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 
यसैगरी सोही महानगरपालिका धिमिलोस्थित राजभाई कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठ लगायत १० जनालाई नगद २७ हजार ८ सय १० रुपैयाँ  र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।