शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

मिश्र र राणा आएनन् सम्पर्कमा, वकिललाई तिराइयो जरिवाना

बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)का बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणा सम्पर्कविहीन भएका छन् ।

उनीहरु अदालतको सम्पर्कमा हुने सर्तमा हाजीरी जमानीमा छुटेका थिए।

मिश्र र राणा सम्पर्कविहीन भएपछि जिम्मा जमानी लिएका वकिललाई जरिवाना तिराइएको छ ।

मिश्र र राणाका वकिललाई ५०–५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।

गत चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणा पक्राउ परेका थिए ।