काठमाडौं । नेकपा माओवादि केन्द्रले संसद्को अवरोध खोल्न सत्तापक्ष र विपक्षीसँग छलफल तथा संवाद गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको हैसियतले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकपछि सन्चार माध्यमसँग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले भिजिट भिसा प्रकरणमा निकास निकाल्न अधिकतम जोड दिइने बताए । उनले छानबिन अपरिहार्य रहेको भन्दै उक्त छानबिन व्यक्ति विशेषमा नभएको पनि बताए ।
सापकोटाले गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने पनि संकेत गरेका छन् ।