बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सिंगापुर जाँदै कांग्रेस सभापति देउवा

बुधबार, जेष्ठ ८ २०७६

 काठमाडौं जेठ, ८–
कांग्रेस  सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा  स्वास्थ्य उपचारको लागि बुधबार साँझ सिंगापुर जान लागेका हुन् । 

सभापति देउवाले सिंगापुर जानु अघि कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए । स्वास्थ्योपचार गरेर सभापति देउवा १३ गते साँझ फर्किने उनको सचिवालयले जनाएको छ । आगामि  जेठ १५ गते मुलुकमा आगामी आर्थिक वर्षको बजेट ल्याईँदै छ । 

पार्टीको तर्फबाट राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिनपछि नै सभापति देउवा सिंगापुर जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।