काठमाडौ जेठ, ८–
भोलि बहिबार नेपाल राष्ट्र बैंकल छ अर्ब रुपैयाँको बिकास ऋणपत्रको बिक्री गर्ने भएको छ । भोलि अपरान्ह तीन बजेसम्ममा १३ बर्र्षे अवधिको बिकास ऋणपत्र २०८९ ख बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
यही जेठ १० गते जारी मिती तोकिएको ऋणपत्रको परिपक्व हुने मिती २०८९ जेठ १० गते तोकिएको छ । ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक आवेदन दिन सक्नेछन । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा लिन र दिन समेत पाईने राष्ट्र बैंकले जानकारी दिएको छ ।
अर्धवार्षिकरुपमा व्याज भुुक्तानी हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने यो ऋणपत्र खरिदको लागि प्रतिस्पर्धी र अप्रतिस्पर्धी समुह भित्र रहेर ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात चार अर्ब ८० करोड र एक अर्ब २० करोड छुट्याइएको छ र खरिद गरिएको ऋणपत्रको दोस्रो बजार कारोवार नेपाल स्टक एक्सचेन्ज मार्फत हुुने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।