बर्दिया जेठ, ८–
मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर घर भएका ३२ वर्षीय प्रहरी जवान अवधेशकुमार यादवको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मंगलबार राति ११ बजे यादवले चलाएको भे ८ प ७८९ नम्वरको मोटरसाइकल गुलरिया नगरपालिका–३ निमकोठियामा रोकिराखेको टयाक्टरको ट्रलीमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि नेपालगञ्ज नर्सिङ्ग होममा लगिएको थियो । तर, मध्यरात सवा १२ बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।