काठमाडौं जेठ, ७–
जग्गा कारोबारी करण सिंह बस्नेत बाउन्स चेक दिएको आरोपमा पक्राउ परेका छन् । आरोपी बस्नेतले मदनबहादुर खड्कालाई ४६ लाखको बाउन्स चेक दिएको झापाको दमक ८ बाट पक्राउ परेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी श्यामोल सुव्वाले जानकारी गराए ।
गनामणि झापा ९ का स्थायी बासिन्दा बस्नेतविरुद्ध यसअघि अपराध महाशाखाले पक्राउ पुर्जी जारी गरेको थियो । झापाको दमकमा पक्राउ परेका बस्नेतलाई काठमाडौं नै पठाउने तयारी गरिएको डीएसपी सुव्वाले जानकारी गराए ।
दमक इलाका प्रहरी कार्यालयकाट खटिएका प्रहरी साहायक निरीक्षक विरेन्द्र कोइराला नेतृत्वको प्रहरी टोलीले मंगलबार दिउँसो २ जेतिर उनलाई पक्राउ गरेको हो ।