काठमाडौ जेठ, ७–
जनता बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पताल, धुम्बाराहीबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस.भण्डारी र बैंकको टा«न्जेक्सन बैंकिङ्ग प्रमुख पुकार सुबेदीले हस्ताक्षर गरेका हुुन् ।
संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्तगर्न सक्नेछन् । उक्त सुविधा प्राप्तिका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएमकार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।