काठमाडौं । नेप्से आज पनि घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पुन पाँच दशमलव २१ अंकले घटेर २६ सय ७४ दशमलव ७६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३७ अंकले घटेर चार सय ५६ दशमलव शुन्य नौं अंकमा पुगेको छ । तीन सय ३७ वटा कम्पनीहरुको ६९ हजार छ सय ५१ पटकको कारोबारमा एक करोड ६१ लाख ६० हजार छ सय २५ कित्ता किनबेच भएका छन् भने कारोबार रकम सात अर्ब ५८ करोड ५० लाख २२ हजार पाँच सय ९० रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा दुई वटा समुहहरुको सुचक बढेर पनि बाँकी ११ वटा समुहहरुको सुचक घटेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ४८ अंकले बढेर १३ सय ८८ दशमलव ३९ अंकमा चढेकोमा उत्पादनमुलक समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने आठ दशमलव ४१ अंकले घटेर पाँच हजार चार सय १५ दशमलव शुन्य सात अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ३३ दशमलव २० अंकले बढेर १३ हजार तीन सय एक दशमलव ३१ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव शुन्य छ अंंकले घटेर १२ हजार चार सय ९९ दशमलव ३७ अंकमा पुगेको छ भने होटल तथा पर्यटन, जलविधुत, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।