शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

भारतको नयाँ टेस्ट कप्तानमा शुभमन गिल

सोमबार, जेष्ठ १२ २०८२

एजेन्सी । युवा ब्याटर शुभमन गिल भारतीय टेस्ट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले आगामी इंग्ल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्दा गिलले कप्तानको जिम्मेवारी पाएका हुन्।

टोलीको उपकप्तानमा ऋषभ पन्त भए । त्यस्तै बायाँहाते पेस बलर अर्शदीप सिंह पहिलोपटक टेस्ट टोलीमा समावेश भएका छन् ।

२५ वर्षीय गिल भारतका लागि टेस्टमा कप्तानी गर्ने पाँचौं कान्छा हुन् । यसभन्दा अघि मन्सुर अली खान पटौदी, सचिन तेन्दुलकर, कपिल देव र रवि शास्त्री यो सूचीमा छन्।

यसअघि पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि नयाँ कप्तान चयन गरिएको हो ।

हाल आइपिएलमा गुजरात टाइटन्सको कप्तान सम्हालेका गिलले दोस्रो सिजनमै टिमलाई प्लेअफसम्म पुर्‍याएका थिए । यद्यपि, उनीसँग प्रथम श्रेणी क्रिकेटमा कप्तानीको अनुभव धेरै छैन । भारतको १८ सदस्यीय टोलीमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शन पनि समावेश छन् । तर, अनुभवी पेस बलर मोहम्मद शामी भने टोलीबाट बाहिर छन् ।