बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ठेकेदारका कारण हैरान प्रचण्ड: दिनभरीको सिकार, कान्छा बाउको अनुहार !

सोमबार, जेष्ठ ६ २०७६

काठमाडौं जेठ, ६– ‘नखाऔं भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भयो, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार । मन अमिलो हुनेगरी आफ्नै नेताले भाषणका ठोकेपछि घरबेटी शारदा अधिकारीको विषयमा नबोली सुखै पाएनन् । 
नबोलौं प्रमूख अतिथि बनाइएको छ, बोलौं घरबेटीको कुकर्मको दाग पनि आफ्नै थाप्लोमा हालीसके । यसैकारण प्रचण्डले भने,‘ठेकेदारलाई कारबाही गर्नुपर्छ ।’ त्यतिमात्र होइन अधिकारीसँग अन्य विषयमा कुराकानी नहुने समेत प्रष्टिकरण दिए, प्रचण्डले । 
पोष्टबहादुर बोगटीको स्मृतिमा नुवाकोटको ककनीमा सुरु भएको कृषि महोत्सवको उद्घाटन गर्नका लागि उनी पुगेका थिए । प्रचण्ड त्यहि भत्किएको बाटो प्रयोग गरेर पुगे, जसको काम उनका घरबेटी भनिएका ठेकेदार शारदाप्रसाद अधिकारीले ठेक्का लिएका थिए ।

 अधिकारीको शैलुङ कन्स्ट्रक्सनले काम गरेको छैन, स्थानीयवासी त्यसैको विरोधमा आन्दोलितमात्र छैनन्, चेतावनी समेत दिन बाध्य भए संघर्ष समिति गठन गरेर । ८–९ जना ठेकेदारले मुलुकलाई बन्धक बनाएको बताउँदै उनले कारबाही गर्नका लागि सरकारलाई सुझाव दिए । ‘म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन ।म गएपछि ठेक्का पाएको पनि होइन ।’ 
प्रचण्ड यसअघि पनि विवादीत ठेकेदार र व्यापारीका कारण तनाब झेल्दै आइरहेका छन् । अजेयराज सुमार्गी, दुर्गा प्रसाईलगायतका हर्कतका कारण राजनीतिमा बदनाम हुने त्रास प्रचण्डमा छ । राजनीतिक रूपमा आफ्ना सहकर्मीले पनि उनलाई सोही विषयमा विवादमा तान्ने गरेका छन् । कतिपय विवादको जड भने प्रचण्डको परिवारका सदस्य पनि हुन् । पैसा कमाउने बाहनामा यस्ता विवादीत व्यक्तिलाई बोकेर उनका छोरी ज्वाँई हिँड्न थालेपछि ठाउँको ठाउँ व्यंग्यको शिकार हुनुपरेको छ । 
अहिले प्रचण्ड बसेको ठूलो क्षेत्रफलको घर अधिकारीको हो । अधिकारीलाई सहिद परिवारको भनेर प्रचण्डले नै काखी च्याप्दै आएका छन् । आफ्ना घरमा प्रचण्डलाई बास दिएका कारणले नै अधिकारीले सरकारका विभिन्न ठाउँका टेन्डर हात पार्ने र केही पनि काम नगर्ने प्रवित्तिलाई बढावा दिएका छन् । यहाँसम्मकी सरकारी निकायबाट लिएको पेश्की उनले जग्गा दलालीको काममा हालेको स्रोतहरूको दाबी छ । यो दाबीलाई प्रचण्ड आफैंले पनि पुष्टि गर्ने आधारले कार्यक्रममा भनिदिए,‘ठेकेदारले सरकारी पैसा एउटा कामका लागि लिने र जग्गा प्लटिङमा हाल्ने गरेको पनि सुनेको छु ।’
त्यसभन्दा बाहेक प्रचण्ड नेपालको कालो धन विदेशमा थुपार्नेहरूलाई कारबाही नगरेका कारण पनि तनाव झेलिरहेका छन् । तत्कालिन माओवादी पक्षका उनका सहयोगीले नै यो सरकारमा सहभागी भएपछि यस्ता आरोपको सामना गर्नुपरेको भन्दै उनको कान फुकेका छन् । अर्कातिर मेलम्ची खानेपानी आयोजनाको काममा बुहारी मन्त्री बिना मगरको उदासिनता र मनोपोलीले पनि प्रचण्डलाई गाँजेको छ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।