बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आठ अंकले घट्यो नेप्से, लघुवित्त र व्यापार बाहेक सबै समुहको सुचक रातै

आइतबार, जेष्ठ ११ २०८२

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से आठ दशमलव ५७ अंकले घटेर २६ सय ७९ दशमलव ९८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४६ अंकले घटेर चार सय ५६ दशमलव ४६ अंकमा पुगेको छ । तीन सय १४ वटा कम्पनीहरुको ७० हजार छ सय १० पटकको कारोबारमा एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम सात अर्ब ६० करोड ९५ लाख ४२ हजार दुई सय १२ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा लघुवित्त र व्यापार समुहको सुचक बढेपनि बाँकी सबै समुहहरुको सुचक घटेका छन् । लघुवित्त समुहको सुचक एक सय २४ दशमलव ६९ अंकले बढेर चार हजार नौं सय ८६ दशमलव ११ अंकमा पुगेको छ भने व्यापार समुहको सुचक पनि पाँच दशमलव ६९ अंकले बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव ६६ अंकले घटेर १३ सय ८५ दशमलव ५८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १२ दशमलव ६० अंकले घटेर तीन हजार चार सय ३७ दशमलव ४६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५२ दशमलव ३० अंकले घटेर १३ हजार तीन सय २७ दशमलव ५८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ४५ अंकले घटेर १२ हजार पाँच सय ५५ दशमलव ९३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनिे घटेका छन् ।

नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिन्धु बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । राधी जलविधुत कम्पनीको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।