बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सामान्य विवादमा चक्कु प्रहारबाट एकजनाको मृत्यु, अभियुक्त चक्कुसहित पक्राउ

आइतबार, जेष्ठ ५ २०७६

धनकुटा जेठ, ५–
महालक्ष्मी नगरपालिका २ मारेक माझगाँउ बस्ने २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको चक्कु प्रहारबाट आइतबार बिहान मृत्यु भएको छ । सोही ठाउँ बस्ने २५ वर्षीय घनेन्द्र होहङवा लिम्बुले मादक पदार्थ सेवन गरी सामान्य बिवादको कारण चक्कु प्रहार गर्दा सन्तोषको घटनास्थलमै मृत्यु भएको हो । 
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी मारेक कटहरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले घनेन्द्रलाई चक्कु सहित पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।