काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ नहुने भएको छ ।
मंगलबारको सुनुवाइपछि न्यायाधीश डा नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले बुधबारका लागि निवेदनलाई निरन्तर सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैमा राखेको थियो ।
आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो ।
रविको निवेदन सुनुवाइ गर्ने इजलासमा रहेका न्यायाधीश डा. नहकुल सुवेदी संवैधानिक इजलासमा छन् भने अर्का न्यायाधीश बालकृष्ण ढकाल छुट्टै इजलासमा परेका छन् ।
रविको निवेदनमाथि कहिले सुनुवाइ हुने भनी अर्को पेशीको मिति भने तोकेको छैन ।
६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।