शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपामा भागवन्डाको अन्तर झाँगिन थाल्यो, तत्कालिन एमालेको संख्या तेब्वरले बढी

आइतबार, जेष्ठ ५ २०७६

काठमाडौं जेठ, ५–
सत्तारुढ दल नेकपाको जनवर्गीय संगठनसम्मको एकता टुंग्गिदा तत्कालीन एमाले–माओवादी बीचको भागवन्डाको अन्तर झाँगिन थालेको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

पार्टीको केन्द्रीय तहमा सचिवालयबाट क्रमशः भागवन्डाको अन्तर खुम्चिँदो देखिए पनि जिल्ला तह र जनवर्गीय संगठनसम्मको एकतामा आइपुग्दा फेरि अन्तर बढ्न थालेको छ।

जनवर्गीय संगठनको नेतृत्व भागवन्डासम्म आईपुग्दा तत्कालीन माओवादीको तुलनामा एमाले झण्डै तेब्वरको संख्यामा जिम्मेवारी लिने तहमा पुगेको छ।

नेकपाका २२ जनवर्गीय संगठन मध्ये तत्कालिन एमालेले १६ र माओवादीले ६ ओटा जनवर्गीय संगठनको मात्र नेतृत्व पाएको छ। ७२ दशमलब ७२ प्रतिशत जवसरमोर्चाको नेतृत्व तत्कालीन एमालेले पाउँदा २७ दशमलब २७ प्रतिशत मात्र माओवादीको भागमा नेतृत्व परेको छ।

पार्टीको केन्द्रीय तह, प्रदेश र जिल्ला तहको तुलनामा नेतृत्व भागवन्डामा परेको यो ठूलै अन्तर हो। त्यसो त जनवर्गीय संगठनको नाम राख्ने सवालमा २२ जनवर्गीय संगठनमध्ये पनि तत्कालीन एमाले तर्फकै ७ वटा जनवर्गीय संगठनको नाम जस्ताको तस्तै एकीकृत संगठनको नाम राखिएको छ। तर माओवादी तर्फका कुनै पनि जवसरमोर्चाको नामलाई एकतामा लिइएको छैन।

गत वर्षको ३ जेठमा पार्टी एकता गर्दा केन्द्रीय तहमा झण्डै ५५ प्रतिशत एमाले र ४५ प्रतिशत माओवादीका बीचमा भागवन्डा गर्ने गरी एकता प्रक्रिया अगाडी बढाएको थियो।