बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ढोरफिर्दीमा एनसीसी बैंकको शाखा

बिहिबार, जेष्ठ २ २०७६

काठमाडौ जेठ, २–
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, वडा नं. ८ ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या एक सय २५ पुगेको र ७५ वटा एटिएमबाट सेवा दिईरहेको छ । 
ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभरुपमा प्रदान हुने बैंकले जनाएको छ ।