बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शुक्रबार संसद भवन अगाडि प्रदर्शन गर्ने पत्रकार महासंघको निर्णय

बिहिबार, जेष्ठ २ २०७६

काठमाडौं जेठ, २–
नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा शुक्रबार  संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ ।

 काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको महासंघले जनाएको छ । 

महासंघले  प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलन गर्नुपर्ने अवस्था आएको जनाएको छ ।