काठमाडौ जेठ, २–
गरिमा विकास बैंक लिमिटेडल यहि जेष्ठ १ गते बुधबार बीरगञ्ज शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बीरगञ्ज महा–नगरपालिकाका मेयर विजय कुमार सरावगीले गरेका थिए । कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए ।
त्यसै गरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाई सकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा विकास बैंक सदैव प्रतिवद्ध रहेको जानए । कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजन बिक्रम थापा, बीरगञ्ज नगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता , बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यका भित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ । विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधि सम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको बताइन्छ ।