बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हाइअल्टिच्युडको समस्याले कञ्चनजंघा आरोहण गर्न गएका दुई भारतीयको मृत्यु

बिहिबार, जेष्ठ २ २०७६

काठमाडौं जेठ, २–
कञ्चनजंघा  आरोहण गर्न गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ ।  त्यस्तै  चिलीका एक आरोही समेत बेपत्ता भएका छन् ।

पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाका अनुसार उनीहरूलाई कञ्चनजंघा चढाउने   दुई जना भारतीयको बुधबार राति क्याम्प ४ भन्दामाथि ८ हजार मिटरको उचाइमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ४७ वर्षीय विप्लव वैद्य र ४५ वर्षीय कुलापाल कर्नाज रहेको शेर्पाले जानकारी दिए । उनका अनुसार वैद्य ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघाको चुचुरोमा पुगेर फर्कँदै थिए भने कर्नाज माथि चढ्दै थिए।

दुबै जनालाई हाइअल्टिच्युडको समस्या भएपछि राति अबेरसम्म शेर्पाहरूले क्याम्पमा ल्याउन प्रयास गरेपनि मृत्यु भएको पासाङले जनाए । त्यसपछि शव छोडेर शेर्पाहरू क्याम्पमा पुगेका उनले बताए ।

मृतकहरूको शव अहिले पनि घटनास्थलमै रहेको र तल झार्ने प्रयास भइरहेको पासाङले जानकारी दिए । हिजै कञ्चनजंघा चढेर फर्किने क्रममा रहेका चिलीका आरोही रोर्टिगो भिभान्को बेपत्ता भएका छन् । उनले आफू चुचुरोमा पुगेर फर्किन लागेको बताएका पनि अहिलेसम्म सम्पर्कमा नआएको बताइएको छ ।