बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चलचित्र ‘कुम्भ करण’प्रदर्शनको सँघारमा, प्रचार–प्रसारमा तात्यो निर्माण टिम

मंगलबार, बैशाख ३१ २०७६

काठमाडौं वैशाख, ३१–
चलचित्र ‘कुम्भ करण’ ले प्रदर्शनको मिति नजिकिएसँगै प्रमोसनलाई तिव्र गतिमा अघि बढाएको छ । सोमबारदेखि चलचित्रका सम्पूर्ण टिमको उपस्थिितमा चलचित्रको प्रचार प्रसार अघि बढाएको निर्माण युनिटले जनाएको छ । सोमबारको प्रचार प्रसारमा  बिशेष कारणले सहभागी हुननपाएका चलचित्रका मुख्य नायक मुख्य नायक गौरब पहाडी आज भने प्रचार प्रसारमा सहभागी भएका थिए ।  आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामि जेठ १७ गतेबाट प्रदर्शनमा आउदैछ । चलचित्रको कथामा मुख्य नायक र नायिका शिक्षक र शिक्षिका रुपमा देखिएका छन् । त्यही भएर पनि निर्माण टिमले  कलेजबाट प्रचार प्रसार अभियान अघि बढाएको छ ।  आजको कार्यक्रममा नायक गौरब पहारी, भोलाराज सापकोटा ,वितरक करण श्रेष्ठ र निर्देशक दिपक ओली सहभागी थिए ।  केहि दिनअघि मात्र चलचित्रको पोस्टर अनि ट्रेलर सार्वजनिक गरिएको थियो । निर्माण टिमले सार्वजनिक ट्रेलरले राम्रै प्रतिक्रिया पाइरहेको बताएको छ ।   महेश दवाडीको पटकथा सम्वाद रहेको चलचित्रमा गोविन्द मधुर आचार्यको संगीत र सुनिल बसेलको  कोरियोग्राफी रहेको छ । 
हरि घले लामाको छायांकन रहेको चलचित्रलाई   मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।  चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करण श्रेष्ठले वितरण गर्दैछन् ।  चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेका छन ।
कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन भने लाईन प्रडूसरमा सरिता गिरि  रहेकी छन । चलचित्रमा गौरवका अलवा  नायिका निशा अधिकारी , भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री, सुधब थापा लगाएतको मुख्य अभिनय रहेको छ ।