काठमाडौं । नेप्सेमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार ६२ दशमलव २५ अंकले बढेर २६ सय ७७ दशमलव ६९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स १० दशमलव ९७ अंकले बढेर चार सय ५१ दशमलव २४ अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ९९ हजार तीन सय पाँच पटकको कारोबारमा दुई करोड ७२ लाख ४५ हजार चार सय ५९ कित्ता शेयर किनेबच भएका छन् भने कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख छ हजार तीन सय ५२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहको सुचक बढेर नेप्से पुरै हरिषे भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दशमलव ५८ अंकले बढेर १३ सय ३४ दशमनलव ५९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय १० दशमलव ४८ अंकले बढेर तीन हजार छ सय ३६ दशमलव ७५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय १८ दशमलव एक अंकले बढेर १३ हजार तीन सय आठ दशमलव ७३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ३० दशमलव १० अंकले बढेर १२ हजार छ सय ६७ दशमलव ८५ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । सानिमामाई हाईड्रो पावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।