काठमाडौं वैशाख, ३०–
साँग्रिला डेभलपमेन्ट बैंकले चालुु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा २३ करोड १८ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले २५ करोड छ लाख १४ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुंजी दुुई अर्ब ६० करोड ६६ लाख ४० हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्र्षको तेस्रो त्रैमासिक अवधिमा २० अर्ब १३ करोड ४३ लाख चार हजार रुपैयाँ निक्षेप संंकलन गरी १८ अर्ब २४ करोड ८९ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा ६८ करोड ३७ लाख दुुई हजार रुपैयाँ खुुद व्याज आम्दानी गरेको बैैकको प्रोभिजन रकम तीन करोड ८५ लाख सात हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव नौ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा बैंकले १४ अर्ब ७५ करोड ७७ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५५ करोड १२ लाख ९० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।