बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

तरकारी तथा फलफूलमा विषादी जाँच गर्ने निकाय आफै बिरामी

शनिबार, बैशाख २८ २०७६

काठमाडौं वैशाख, २८–
तरकारी तथा फलफूलमा प्रयोग हुने विषादी मानव स्वास्थ्यका लागि घातक छ । तर विषादीको मात्रा के कति प्रयोग भएको भन्ने जाँच गर्ने संयन्त्र भरपर्दो छैन । 

देशकै ठूलो तरकारी थोक बजार कालीमाटीमा पाँच वर्षअघि सरकारले द्रुत विषादी अवशेष विश्लेषण इकाई सञ्चालनमा ल्यायो । इकाई अन्तर्गतको प्रयोगशालाले तरकारीमा रसायनिक विषादीको मात्रा ९० प्रतिशतसम्म भएको तथ्य सार्वजनिक गर्यो । विषादीको मात्रा १० देखि १५ सम्म हुनुलाई सामान्य मानिए पनि मात्रा जति बढ्दै गयो त्यति हानिकारक हुन्छ । त्यो विषयले निकै चर्चा पायो र उपभोक्ता पनि सचेत भए ।
तर काम थालेको एकरदुई वर्ष नपुग्दै प्रयोगशाला प्रयोगविहीन जस्तै छ । प्रयोगशाला सञ्चालनका लागि सरकारले आवश्यक प्राविधिक जनशक्तिको पूर्ति गर्न सकेको छैन । सुरुमा बाली संरक्षण निर्देशनालयका बरिष्ठ बाली संरक्षण अधिकृतको नेतृत्वमा पाँच प्राविधिक जनशक्तिबाट काम सुरू भएको थियो । अहिले केन्द्रीय कृषि प्रयोगशालाका एक जना मात्रै कृषि प्राविधिक (जेटीए) को भरमा छ प्रयोगशाला । प्रयोगशाला एक जना कार्यालय सहयोगी र कृषि प्राविधिक जाग्येश्वर शर्मा सिङ्गैको जिम्मामा जेनतेन काम हुँदैछ । यो समाचार आजको गोरखापत्रमा छ ।