बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरी बलको झण्डा सहित पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर मिरापिक हिमालमा

सोमबार, बैशाख १५ २०८२

काठमाडौं । पूर्व सशस्त्र प्रहरी हवल्दार अक्कल बहादुर बोहोराले बैशाख १५ गते ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन् ।

बोहोरा गत चैत्र २८ गते संगठको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए । सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले आफुलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको बताएका छन् ।