काठमाडौं । शिक्षक आन्दोलनमा समाचार संकलनमा खटिएकी पत्रकार सबिना कार्की घाइते भएकी छिन्।
जारी शिक्षक आन्दोलनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको थियो । उक्त झडपमा पत्रकार सबिना कार्की घाइते भइकी हुन् । उनी प्राइम टेलिभिजनमा कार्यरत छिन् ।
उनको आँखामा चोक लागको छ ।
अहिले उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले जानकारी दिए।
उनलाई प्रहरीले पानीको फोहोरा प्रहार गर्दा चोट लागेको थियो।
तस्वीर : मुकुन्द दाहालको फेसबुकबाट