काठमाडौ वैशाख, २६–
गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी र कलेज अफ मेडिकल साइन्स चितवन (पुरानो मेडिकल कलेज) बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ । ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र कलेज अफ मेडिकल साइन्सचितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षरीत सम्झौता एक समारोहकाबीच कलेजको तर्फबाट जनसम्पर्क तथाबजार विभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने र ईन्स्योरेन्सको तर्फबाट नारायण कुमार भट्टराईले आदानप्रदान गरे ।
सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवारलाई, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदान गर्ने सेवाशुल्कमा विशेष छुट प्रदान गरिनेछ भने अस्पतालमा कार्यरत कर्मचारीहरु तथा निजका परिवारहरुलाई जीवन बीमा गराउँदा विशेष सहुलियत दरमा बीमाशुल्क निर्धारण गरी बीमालेख जारी गर्ने र विभिन्न अध्ययन, अनुशन्धान तथा अवलोकनमा आउने विद्यार्थी तथा कर्मचारीहरुलाई गुराँस लाइफ ईन्स्योरेन्सले आवश्यक सहयोग गर्ने छ । यसैगरी दुवै संस्थाद्धारा अन्य व्यवस्थापकिय र प्राविधिक सहकार्य तथा समन्वयलाई उच्च प्राथमिकतामा राखिने कम्पनीले जानकारी दिएको छ ।