बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आधा घण्टा विमानस्थलको उडान ठप्प पारेर प्रधानमन्त्री ओली विदेश भ्रमणमा

बिहिबार, बैशाख २६ २०७६

काठमाडौं वैशाख, २६–
प्रधानमन्त्री केपी शर्मा ओलीको दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै  त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आधा घण्टा ठप्प हुने भएको छ ।  प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना जारी गरिसकेका छौँ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘समयमा प्रधानमन्त्रीको उडान भए त्यो भन्दा बढी समय अन्य उडान तथा अवतरणमा बाधा पर्दैन ।’

क्षेत्रीले  भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए । यसअघि भिभिआईपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकोमा यसपटक सर्वसाधारण यात्रुहरुलाई धेरै सास्ती नहोस् भनेर समय घटाइएको क्षेत्रीले बताए ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन् ।

उनी भियतनामका प्रधानमन्त्री गुयन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् प्रधानमन्त्री ओली ३ दिन भियतनाम र त्यसपछिका २ दिन कम्बोडियाको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा करिब ४५ जना रहने छन् ।

भियतनाममा ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्रालयका अनुसार उनले त्यहाँको संसद् ‘नेसनल एसेम्बली’का अध्यक्षसँग भेट्नुका साथै भियतनामी प्रधानमन्त्रीले ओलीको सम्मानमा रात्री भोजको आयोजना दिनेछन् ।

भ्रमणकै क्रममा ओलीले बुद्धको सम्मान र सम्झनामा आयोजना गरिने अन्तर्राष्ट्रिय बेशाक दिवसको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उनले होची मिन्ह राष्ट्रिय राजनीतिक प्रतिष्ठान र नेपाल—भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा।राजन भट्टराईका अनुसार भ्रमण भियतनाम र कम्बोडियासँग द्विपक्षीय सम्भावनाको खोजी गर्नमा केन्द्रीत हुनेछ ।